अनिलकेशरी शाह रास्वपा प्रवेश
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असार ७ २०८०
3.1K
SHARES
७ असार काठमाडौं । सेलिब्रेटी बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् । पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा शाह रास्वपा प्रवेश गरेका हुन् ।
उनलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गरेका छन् । रास्वपाले आज पार्टी स्थापना दिवसका अवसरमा पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
अहिले केन्द्रीय समिति र संसदीय बैठक जारी रहेको छ । त्यसपछि पत्रकार सम्मेलन हुने र दिउँसो १ बजेदेखि ५ बजेसम्म चियापन कार्यक्रम रहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट