नेता योगेश भट्टराईलाई कालो झन्डा देखाइयो


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार १४ २०८०
2.1K
SHARES

१४ असार विराटनगर । नेकपा (एमाले)का सचिव योगेश भट्टराईलाई इलाममा पहिचानवादीले कालो झन्डा देखाएका छन् ।‌ भट्टराई ७२औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन इलाम पुगेका थिए ।

प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमले भट्टराईलाई इलाममा कालो झण्डाले स्वागत गरेको बताए । त्यसक्रममा भट्टराई चढेको गाडी रोक्ने प्रयास गरेपछि सुरक्षाकर्मीले हटाएको थियो ।

कोसी नामकरणको विषयमा असन्तुष्ट पहिचानवादीले विभिन्न जिल्लामा विरोध प्रदर्शन गर्दै आएका छन् ।‌प्रदेस सभाबाट गएको फागुन १७ गते कोसी नामकरण गरिएको थियो ।‌