समीक्षासहित नेकपातिरै फर्कने जमर्को गर्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड


Capital Headline
प्रकाशित मिति : आइतबार, असार १७ २०८०
2.7K
SHARES

१७ असार काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमजोरीको समीक्षासहित नेकपातिरै फर्कने जमर्को गर्नुपर्ने बताएका छन् । आइतबार भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४ औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले एमाले-माओवादीबीचकाे एकता बचाउन नसकिएकाले अब फेरि कमजोरीको समीक्षासहित नेकपातिरै फर्कने जमर्को गर्नुपर्ने बताए । उनले आफू र एमाले अध्यक्ष केपी ओली मिलेपछि धेरैलाई भय पैदा भएपनि एकता जोगाउन नसकिएको भन्दै दुखेसाे पाेखे ।