एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, बोर्ड बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार २१ २०८०
2K
SHARES

२१ असार काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गर्ने तयारी तीव्र बनाएको छ ।राष्ट्रिय परीक्षा बोर्डले बिहीबार बेलुकीसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।

अहिले बोर्डको बैठक पनि बोलाइएको छ । बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गर्ने बोर्डका एक सदस्यले बताए ।

उनले भने, ‘सम्भवतः आजै बेलुकीसम्म नतिजा आउँछ । केही समस्याले रोकिए भोलि बिहानै नतिजा सार्वजनिक हुन्छ ।’यो वर्ष पुरानै ग्रेडिङ पद्धति अनुसार सार्वजनिक गरिनेछ ।