क्रान्तिकारी स्ववियु काउन्सिल निर्माण असफल , बहुमत निर्वाचितहरूद्धारा बहिष्कार
२१ असार काठमाडौ । नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा विवाद रहेको छ। एउटाको नेतृत्व पवन कार्कीले गरेका छन भने अर्कोको नेतृत्व पंचा सिंहले गरेकी छिन् । यहि विवादको बाबजुद पनि स्ववियु चुनावमा भाग लिएका थिए ।
क्रान्तिकारी स्ववियु काउन्सिल निर्माण गर्ने सवलमा निकै विवाद रहेको भएपनि एक पक्षिय तरीकाले पंचा सिंहले कार्यक्रम गरि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई प्रमुख अतिथि बनाएर उदघाटन गरेकी छिन्। यस कार्यक्रममा मुख्य तय स्ववियुमा निर्वाचितहरू सहभागि हुन पर्नेमा त्यसो नभई अन्य पात्रहरूको उल्लखिय उपस्थिति गराएर मान्छेमात्र देखाउने काम भएको उक्त कार्यक्रममा सहभागिले बताए ।
टियूको मुख्य आगिक कम्यापसहरूमा स्ववियु निर्वाचितहरू उक्त कार्यक्रममा सहभागि छैनन् । राजधानी काठमाडौको ठुलो क्याम्पस अस्कल , नेपाल ल क्याम्पस स्ववियु अखिल क्रान्तिकारीले जितेको भएपनि त्यहाको सभापतिहरू सहभागि छैनन् । पाटन, जनप्रशासन, भक्तपुर क्याम्पसबाट पनि सहभागि छैनन् ।
त्यस्तै राजधानी बाहिरका अधिकामस कलेजहरूबाट सहभागि छैनन् । मकवानपुर, बर्दिया , बाके , सर्लाहि , झापा , मोरंग , गोरखा, चितवन , कैलाली , अछाम , दार्चुला, कन्चनपुर लगाएत जिल्लाहरूबाट स्ववियु निर्वाचन भएकाहरूबाट सहभागि छैनन् ।
यो वास्तविक विद्यार्थीको क्रान्तिकारीको स्ववियु काउन्सिल हुन नसक्ने र सगॅंठनको विवाव हल नगरि निर्माण गरिएको भन्दै सहभागि नभएको ल क्याम्पसको सभापति विष्णु ढुंगेलले बताए । हामी कस्को के पक्ष विपक्ष भन्दा पनि विधि विधानको पक्षमा छौ , उनले भने ।
नेपाल ल क्याम्पस , काठमाडौं (सभापति लगायत)
अ्मृत साइन्स क्याम्पस , काठमाडौं (सभापति लगायत)
मकवानपुर बहुमुखी क्याम्पस , हेटौडा (सभापति लगायत)
सहयोगी बहुमुखी क्याम्पस , काठमाडौं (सभापति लगायत)
गोकुलेश्वर बहुमुखी क्याम्पस , (सुप) (सभापति लगायत)
चजब क्याम्पस , सर्लाहि (सभापति लगायत)
नेपालगंज नर्सिङ क्याम्पस ,नेपालगंज (सभापति लगायत)
लटिनाथ क्याम्पस, मार्मा (सभापति लगायत)
जनप्रशासन क्याम्पस काठमाडौं , (उपसभापति ,सचीव लगायत)
कोटेश्वर बहुमुखी क्याम्पस , काठमाडौं (उपसभापति लगायत)
दार्चुला बहुमुखी क्याम्पस (सुप बिश्वबिद्धालय)
( उपाध्यक्ष लगायत)
पाटन बहुमुखी क्याम्पस , पाटन (सदस्य लगायत)
पद्मकन्या क्याम्पस , काठमाडौं (सदस्य लगायत)
एडभान्स इन्जिनियरिङ कलेज , काठमाडौं (सदस्य लगायत)
भक्तपुर बहुमुखी क्याम्पस , भक्तपुर (सदस्य लगायत)
महेन्द्र बहुमुखी क्याम्पस ,ताहाचल , (सदस्य लगायत)
शँकरपुर क्याम्पस, पस्ती (त्रिवि) , (कोषाध्याक्ष लगायत)
मधेश प्रदेशबाट प्रतिनिधि ३% सहभागी भेला