हामीले समाजवाद उन्मुख राज्य निर्माणको संकल्प गरिसकेका छौं – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : सोमबार, असार २५ २०८०
1.4K
SHARES

२५ असार काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साहित्य र सिर्जनाले जनताको भावना बोल्न सक्नुपर्ने बताएका छन् । पुष्पलाल प्रतिष्ठानद्वारा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार २०७९ समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादउन्मुख राज्य निर्माणको संकल्प गरेको बताए ।

उनले भने, ‘जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादोन्मुख राज्य निर्माणको संकल्प गरिसकेका कारण हाम्रा सिर्जनाहरूसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्नेमा सायदै विमति रहला ।’ समाजवादी संस्कृति निर्माणको कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारका विरूद्ध र सुशासनको पक्षमा श्रम संस्कृतिको विकास गर्नसमेत स्रष्टाहरूबाट महत्वपूर्ण योगदान हुने उनको भनाइ थियो ।