मनाङ एयरको हेलिकोप्टर सम्पर्कविही


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार २६ २०८०
2.6K
SHARES

२६ असार  काठमाडौँ । मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ। सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए।

हेलिकोप्टरमा ५ जना विदेशी यात्रुसहित पाइलट सवार थिए। हेलिकोप्टरका पाइलट नेपाली थिए। उनको विवरण खुलिसकेको छैन।सिटौलाका अनुसार सोलुखुम्बुको लुक्लाबाट बिहान १० बजे उडेको हेलिकोप्टर १२ मिनेटपछि सम्पर्कविहीन भएको हो।