शिक्षा सम्बन्धि विश्वविद्यालय गोष्ठी सम्पन्न


Capital Headline
प्रकाशित मिति : शनिबार, असार ३० २०८०
5.7K
SHARES

३० असार काठमाडौं । “राष्ट्रको विकासमा विश्वविद्यालय शिक्षाको भूमिका ,” विषयक गोष्ठी आज काठमाडौंमा सम्पन्न भएको छ। माउण्ट अपि कन्सल्टले आयोजना गरेको सो गोष्ठीमा नेपाली कांग्रेसका वरिष्ठ नेता डाक्टर शेखर क‍ोइरालाले देशको इज्जत विश्वविद्यालय शिक्षाको स्तरसंग ज‍ोडिएको, राजनीतिक स्थिरता हुँदा मात्रै विश्वविद्यालयले स्वायत्तता पाउने र प्राज्ञिक क्षमता वृद्धि हुने बताउनु भयो ।

विश्वविद्यालयको गुणस्तरीयता वृद्धि हुँदा विद्यालय शिक्षा राम्रो हुने र हाम्रा भविष्य अर्थात आजका वालवालिकाले राम्रो शिक्षा पाउने , देशको विकासका लागि उहाँहरूले योगदान गर्न सक्ने वताउनु भयो । शिक्षा तथा विकास नीतिविद् युवराज बस्ताकोटीले अवधारणा पत्रमा विश्वविद्यालयले गर्ने गराउने अनुसन्धान र आविष्कार राज्यले प्रयोग गरेर विकास नीति कार्यक्रम तय गर्न समाज, राज्य र विश्वविद्यालय विच त्रिकोणात्मक सम्बन्ध कसरी गर्ने बारे मार्ग पेश गरेका थिए । सो अवसरमा वक्ता रहनु भएका नेतृत्व , प्राज्ञिक व्यक्ति तथा सहभागीले वस्ताकोटीको विचारको समालोचनात्मक टिप्पणी गरेका थिए।

माउण्ट अपि कन्सल्टद्वारा आयोजित सो शैक्षिक गोष्ठिमा युवराज वस्ताकोटीको पेपरमाथि टिप्पणी गर्ने सम्पूर्ण विद्वान , आदरणीय नेतृत्व ,सहभागी साथीहरूलाई हार्दिक धन्यवाद दिईएको थियोे ।

कार्यक्रममा प्रमुख वक्ता डाक्टर शेखर कोइराला, अन्य सहभागी शिक्षाविद्हरु माननीय सांसद अमरेश कुमार सिंह ( जेएनयु पिएचडि), माननीय सांसद दयाल बहादुर शाही ( नेकपा एमाले केन्द्रीय सदस्य ), प्राडा गुणनिधि न्यौपाने ( पुर्व रेक्टर,टियु), प्राडा कुसुम शाक्य ( डिन मानविकी संकाय टियु), प्राडा हिरेन्द्र मान प्रधान , प्राडा महानन्द चालिसे, प्राडा सुरेन्द्र भट्ट ( नेसंयु), नेका केन्द्रीय सदस्य गुरु वराल, शिक्षाविद् मोहन ज्ञवाली , डाक्टर उत्तम खनाल, डाक्टर तुल वहादुर साउद, डाक्टर माधवी भट्ट , आईटि विज्ञ दिवश न्यौपाने, नेता नारायण भट्टराई , ईन्जिनियर यामकृष्ण पौडेल ( पोखरा), नेता आरसि लामिछाने , समाज अभियन्ता घनश्याम मिश्र,रामकृष्ण लामिछाने , रमेश सिंह ठकुरि ( केयु , एमफिल, डडेलधुरा देखि आउनुभयो ) लगायत सबैले धारणा राख्नु भएको थियोे ।

विश्वविद्यालयले देश विकासको मार्ग कोर्ने ,समाज र सरकारले त्यसको अपनत्व लिने गर्दा मात्रै विकास सम्भव छ ,भन्ने निष्कर्षमा पुगेकाले सधैंका लागि कृयाशील रहने प्रतिबद्धता व्यक्त गरियो ।