एमालेको कार्यवाहक अध्यक्षमा ईश्वर र सुवास
Capital Headline
प्रकाशित मिति :
बुधबार, साउन ३ २०८०
2.7K
SHARES
३ साउन काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् । अध्यक्ष ओली गए राति त्यसतर्फ लागेका हुन् । ओलीले कम्बोडिया प्रस्थान गर्नुअघि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई कार्यवाहकको जिम्मेवारी दिएका छन् ।
कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि उनी त्यसतर्फ लागेको ओलीको सचिवालयले जनाएको छ ।उनीसँगै पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालयका अन्य सदस्य सहभागी छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट