अध्यक्ष ओली र च्या नेतृत्वको प्रतिनिधिमण्डल बीच भेटवार्ता


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन ९ २०८०
2.3K
SHARES

९ साउन काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।

अध्यक्ष ओली र चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युयान च्या च्युन नेतृत्वको टोलीबीच सोमबार एमाले पार्टी कार्यालय च्यासलमा भेटवार्ता गरेको हो ।  आइतबार नेपाल आइपुगेको चिनियाँ टोलीले यसअघि राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेस सभापति शेरबहादुर देउवा, कार्यबहाक प्रधानमन्त्री पूर्णबहादुर खड्का, सभामुख देवराज घिमिरेलगायतसँग भेटवार्ता गरिसकेको छ ।