किन अत्तालियो एमाले भ्रष्टाचारका फाइल खोल्दा ?
१२ साउन काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार भ्रस्टाचार र अनियमितताकोविरुद्ध निरन्तर आक्रमक रुपमा प्रस्तुत भएसंगै सरकारको चौतर्फी प्रसंशा हुन थालेको छ। आम जनतामा आशाका किरण संचार भएको छ भने सर्वसाधरण जनताले प्रचण्ड नेतृत्वको सरकारको कामको मुक्तकण्ठले प्रसंशा गरेका छन्।
‘प्रचण्ड’ नेतृत्वको सरकारले देशका चर्चित र ठूला भ्रष्टाचार काण्डको फाइल खोतल्न शुरू गरेसंगै जनतामा उत्साह छाए पनि यो कुराले प्रतिपक्षको भने टाउको दुखेको छ । सरकारले नक्कली भुटानी शरणार्थी र ललितानिवास प्रकरणपछि अन्य भ्रष्टाचार काण्डको फाइल खोल्ने तयारी गरेको छ । भ्रष्टाचार काण्डको छानबिन गरेको भन्दै सरकारले प्रशंसा पाइरहेको बेला गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री प्रचण्डको निर्देसनमा भ्रस्टाचार र अनियमतिताकोबिरुद अभियानलाई गृह प्रशासन मार्फत थप तिब्र पारेका छन् ।
सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्राप्त गरेको सफलतातसंगै सरकारले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुन समातेपछि नेपाली राजनीतिमा एकखाले तरंग पैदा हुन पुगेको छ । सुन तस्करी प्रकरणलाई पनि निषकर्षमा पुराउने गरि सरकार दृढका साथ लागिरहेको बेला प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अनुसन्धानमा सहयोग गर्नुको साटो उल्टै संसद अबरुद्ध गर्दै उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धानको क्रममा जोसुकै भेटीए पनि नछाड्ने बरु सरकार छाड्न तयार रहेको कुरा निरन्तर बताउदै आएका छन्। उनि भन्छन्, ‘म अहिले नै भन्छु, तपाईंहरु सच्चिनुस् । अहिले पनि मौका छ । कोही कोही मान्छे सुत्दै सुत्दैनन् रे ! मेरो के दोष भयो त ? गल्ती नगरेको भए मजाले सुत्नू निदाउनू । तर, भ्रष्टाचार र अपराधमा पनि साँच्चै संलग्न छ भने पनि सुत्ने ठाउँ छ । तपाईंहरुलाई आपराधिक क्रियाकलापमा संलग्न भएकाले निद्रा नलागेको हो भने आउनुस् प्रहरीमा आत्मसमर्पण गर्नुस् । हामी मजाले सुत्ने ठाउँ व्यवस्था गर्छौं । अब छाड्नेवाला छैन ।’ गृहमन्त्रीको यहि अडानबाट आत्तलिएकाहरुले सुन प्रकरणको अनुसन्धान प्रकिर्यालाई बिथोल्न अनेकन बहाना बनाइरहेको माओवादी केन्द्रका नेता देबेद्र पौडेल बताउछन। भ्रष्टाचारको फाइल खोल्दा कतिपयलाई टाउको दुखेको उनको भनाइ छ।
सरकारले अघि बढाएको भ्रस्टाचारविरुद्धको अभियानको नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनले एउटा निष्कर्ष निकाल्यो, बहालवाला सांसद, सचिव र पूर्व गृहमन्त्रीलगायत जेल गए । अहिले सुन तस्करी बारे सुष्म अनुसन्धान गरिरहेको छ।