माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन १७ २०८०
1.3K
SHARES

१७ साउन काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठकमा पेश हुने राजनीतिक तथा सांगठनिक प्रतिवेदनलाई अन्तिम रूप दिनेछ ।

बैठकले केन्द्रीय समितिमा पेश हुने राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गरे पछि ११ बजे देखी सुरु हुने भनिएको केन्द्रीय समितिमा प्रस्तुत हुनेछ । मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन् । केन्द्रीय समिति बैठक नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।