माओवादी पार्टी प्रचण्डका छोरी ज्वाइँले सिध्याए – नेता शर्मा


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन १७ २०८०
11.7K
SHARES

१७ साउन काठमाडौ । नेकपा माओवादीका केन्द्रीय सदस्य तथा प्रवास कमिटी अध्यक्ष ओम शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री भएर गरेको राम्रो काम उनका छोरी-ज्वाइँले खाइदिएको बताएका छन् । केन्द्रीय कमिटी बैठकमा बोल्ने क्रममा शर्माले  माओवादी पार्टी प्रचण्डका छोरा-छोरीले सिध्याएको आरोप लगाएका छन् ।

रिपोर्टिङको क्रममा उनले भने, ‘ज्वाइँलाई राेएको भरमा मन्त्री बनाउने ? जनताका छोरा छोरी संगठन बनाउन गाउँ गाउँ जाने । तपाइँका ज्वाइँ छोरी मुगुमा पार्टी बनाउन जान्छन् ? म जान तयार छु । तपाइँ र माओवादी नेताहरूको सम्पत्ति छानबिन गर्न तयार हुनुहुन्छ कि हुनुहुन्न ?’

उनले यो पार्टीको आयु पाँच हजार वर्ष तोके पनि यो पार्टीले समाजवाद नल्याउने धारणा राखेका छन् । उनले विधान महाधिवेशन र विशेष महाधिवेशन हुन्छ भन्ने आफूलाई विश्वास नलागेको बताए ।