अध्यक्षले कसैलाई हुन्न भन्न सक्नु हुन्न, भद्दा कमिटि लिएर समाजवादमा पुगिदैन – नेता तामाङ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन १९ २०८०
3K
SHARES

१९ साउन काठमाडौं ।आज पनि नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्यो । कमलादीस्थित प्रज्ञा भवनमा बुधबारदेखि सुरू बैठकको आज तेस्रो दिन हो । अधिकांश नेताले पार्टी नेतृत्वको कार्यशैलीप्रति आलोचना, पार्टी सुदृढीकरण, चुस्तता, रुपान्तरणमा जोड दिएका छन् ।

पार्टी केन्द्रिय सदस्य तथा अखिल (क्रान्तिकारी)का पूर्व अध्यक्ष रंजित तामाङले संख्यामा भन्दा विचारमा ध्यान दिनुपर्ने बताएका छन । अध्यक्ष प्रचण्डले कसैलाई हुन्न भन्न सक्नु हुन्न त्यसैले गर्दा कमिटि भद्दा र ठुलो भएको बताए । यो भद्दा कमिटि लिएर समाजवादमा पुग्न नसकिने समेत उनले भने ।विचार निर्माण गर्न र सख्या घटाउनको लागि विशेष महाधिवेशनको विकल्प नभएको भन्दै तत्काल बोलाउनु पर्ने बताए ।