विपद् व्यवस्थापनको पूर्वतयारी गर्न प्रधानमन्त्रीको निर्देशन


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन २३ २०८०
1.7K
SHARES

२३ साउन काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन आग्रह गरेका छन् । विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन  उनले निर्देशन पनि दिएका छन् ।

मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन आग्रह गर्दै उक्त निर्देशन दिएका हुन् । सचिवालयले दिएको जानकारीअनुसार प्रधानमन्त्रीले उद्दार, राहत र पुनःस्थापनाका लागि सम्पूर्ण रूपले सक्रिय हुन निर्देशन दिएका हु्न् ।