आर्थिक संकटबाट हामी पनि प्रभावित छौँ – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २४ २०८०
3.3K
SHARES

२४ साउन काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वव्यापीरूपमा देखापरेको आर्थिक संकटबाट हामी पनि प्रभावित भएको बताएका छन्। बुधबार २९औँ आदिवासी दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री दाहाल उक्त कुरा बताएका हुन्।

उनले भने,‘सरकार नेपालका आदिवासी समुदायले बोल्ने सबै भाषा साहित्य, संस्कृति, सामाजिक शास्त्र, दर्शनको संरक्षण, संवर्द्धन र विकासमा सचेत र प्रतिबद्ध छ। अहिले विश्वव्यापीरूपमा देखापरेको आर्थिक संकटबाट हामी पनि प्रभावित छौँ।

त्यसैले चाहना हुँदा-हुँदै पनि सरकारका तर्फबाट पर्याप्त बजेटको व्यवस्था गर्न हामीलाई गाह्रो भएको छ। र, पनि भाषा, साहित्य, संस्कृति, दर्शनको विकासमा नेपाल सरकारको तर्फबाट गर्नसक्ने अधिकतम सहयोग, बजेटको व्यवस्था गर्ने प्रयास रहन्छ।’