सुनिल शर्मा उ बेलै देउवालाई रकम बुझाएर छुटेका थिए – सांसद सिंह


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २५ २०८०
2.8K
SHARES

२५ साउन विराटनगर । सांसद अमरेशकुमार सिंहले राज्यका संयन्त्र जनतालाई धम्क्याउने र सत्तामा बस्नेहरुको लागि पैसा असुल्ने धन्दामा लागेको कारण देशले समृद्धि हासिल गर्न नसकेको बताएका छन् ।

उनले कांग्रेसका सांसद सुनिल शर्मालाई शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सम्पत्ति शुद्धीकरण विभागले ६ दिन थुनेर राखेको र एमाउन्ट बुझाएपछि छोडिएको दाबी गरे ।

‘राजस्व अुनसन्धानको काम पैसा उठाउने हो । जो प्रधानमन्त्री हुन्छ उसलाई र उसको पार्टीलाई पैसा उठाइदिने काम गर्छ । सम्पत्ति शुद्धिकरण पैसा उठाउँछ,’ सिंहले भने ।

उनी थप भन्छन्, ‘मोरङको सांसद हुनुहुन्छ डा. सुनिल शर्मा । देउवा प्रधानमन्त्री भएकै बेला उनलाई ६ दिन थुनेर राखेको थियो । केही एमाउन्ट बुझाएपछि उहाँले पछि टिकट पनि पाउनु भयो, चुनाव पनि जित्नु भयो र सांसद पनि हुनुभयो । त्यसकारण राज्यका विभिन्न संयन्त्रको काम धम्काएर पैसा असुल्ने काम भइरहेको छ ।’

कांग्रेस सांसद शर्मालाई नक्कली सर्टिफिकेट बनाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले आज पक्राउ गरेको छ ।