उच्चस्तरीय समितिको नाम सुन्दा सरकार तर्सिन्छ – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन २८ २०८०
1.6K
SHARES

२८ साउन काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सय केजी सुन तस्करीबारे उच्चस्तरीय छानबिन समिति बनाउँदा भन्दा सरकार तर्सिने गरेको बताएको छ।पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले उच्चस्तरीय स्वतन्त्र र निष्पक्ष छानबिन समितिको नाम सुन्दा सरकार तर्सिने गरेको बताए।गृहमन्त्रालयकै नेतृत्व जोडिएको यो प्रकरणमा एसपीको नेतृत्वमा छानबिन समिति बनाउँदा एसएसपीको निर्देशनले अभियुक्त उम्किने बताए।

‘चोरको खुट्टा काट् भन्दा उचाले जस्तै सरकार उच्चस्तरीय समितिको नाम सुन्दा तर्सन र नबनाउने भन्दैछ। हामी सदन खुलाउन तयार छौँ तर सरकार हाम्रा कुरा सुन्त तयार छैन’, उनले भने, ‘सुन तस्करीमा सत्ताधारी नेतृत्वको संलग्नताको पुष्टि हुन्छ। यो माग पूरा नभएसम्म हामी निरन्तर दबाब बढाउने पक्षमा छौँ।’ ओलीले आफूहरु अहिले संसद् चलाउन खोजिरहे पनि सत्ता पक्षले नै अवरोध गरिरहेको बताए।

‘प्रतिपक्ष बोल्न खोज्दा सत्तापक्ष उठेर हो-हल्ला गर्छन्’, उनले भने, ‘एउटा नाकाबाट दैनिक सय केजी सुन आउँदा पास भइरहेको छ। यो कुराका चुस्की लिने बिषय होइन। यसमा सत्तारुढ दलकै मान्छेको संलग्नता छ। तर सरकार सोधपुछ गर्न तयार छैन।’