अमनलाललाई सरकारबाट फिर्ता बोलाउने माओवादीको निर्णय
Capital Headline
प्रकाशित मिति :
आइतबार, साउन २८ २०८०
2.3K
SHARES
२८ साउन काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो ।
मन्त्री मोदीलाई फिर्ता बोलाएर जनमत पार्टीलाई सरकारमा भित्र्याउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ । असार अन्तिम साता माओवादीको कोटामै जनमतलाई भित्र्याउने सत्तागठबन्धनमा सहमति भएको थियो । जनमत पार्टीले अनितादेवी साहको नाम २६ असारमै सिफारिस भइसकेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट