गौर हत्याकाण्डको छानबिन थाले सरकार छाड्ने जसपाको चेतावनी


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन ३० २०८०
1.9K
SHARES

३० साउन काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)ले गौर हत्याकाण्डलाई लिएर आफूलाई निसाना बनाए सरकार छाड्ने चेतावनी दिएको छ ।

बालुवाटारमा सोमबार साँझ बसेको गठबन्धनको बैठकमा जसपाले आफूहरूलाई गौर हत्याकाण्डको विषय उठाएर निसाना गरिए सरकार नै छाड्ने चेतावनी दिएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए ।

“जसपाका साथीहरूले हामीलाई गठबन्धनमा यसरी नै टार्गेट गरिरहने हो भने गठबन्धनमा रहने/नरहने सोच्नुपर्छ भन्ने खालको शंकास्पद कुरा व्यक्त भएको छ । कानुनसम्मत ढंगले टुंग्याउने कुरा भएको छ,” पाण्डेले भने ।