आज तीन संसदीय समितिको बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
बिहिबार, साउन ३२ २०८०
1.7K
SHARES
३२ साउन काठमाडौं । आज संघीय संसद्का तीन वटा समितिको बैठक बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार आज सार्वजनिक लेखा समितिसहित तीनवटा संसदीय समितिको बैठक बस्न लागेको हो ।
जसअनुसार दिगो विकास तथा सुशासन समितिको ११ बजे बैठक बस्नेछ भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक ११ः३० बजेका लागि बोलाइएको छ ।सिंहदरबारस्थित संसद् सचिवालय भवनमा बस्न लागेका तीन समितिको बैठक मध्ये सार्वजनिक लेखा समितिको बैठक भने १ बजे बोलाइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट