एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरू


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र ३ २०८०
3.2K
SHARES

३ भदौ काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) पार्टीको पोलिटब्युरो बैठक केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ।

सोमबारसम्म चल्ने बैठकमा वर्तमान राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभारबारे छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।  पोलिटब्युरो बैठकमा अध्यक्ष माधवकुमार नेपालले बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे सम्बोधन गर्ने कार्यसूची भएको छ।

के के छन् एजेन्डा? 
१. वर्तमान राष्ट्रिय परिस्थिति बारे
२. संगठन सुदृढीकरणको रिपोर्टिङ
३. पार्टीका सैद्धान्तिक वैचारिक सवाल
४. पार्टीको संगठनात्मक अवस्था
५. पार्टीको आन्तरिक समस्या
६. आगामी कार्ययोजना
क) संगठनात्मक अभियान
ख) महाधिवेशनबारे
७. नेतृत्वलाई सुझाव