सहकारी प्रकरणले हामीलाई अपेक्षाकृत भोट आएन – रास्वपा


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख १८ २०८१
5.3K
SHARES

१८ वैशाख काठमाडौं । अहिले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुको जमानत भने जफत भयो ।

उपनिर्वाचनमा कमान्डरको रुपमा इलाम २ मा खटिएका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी आफ्नो पार्टीलाई अपेक्षित मत नआएको बताउँछन् ।

बुर्लाकोटीले सहकारी प्रकरण, सरकारमा सहभागिता र ठूला दलबाट भएका चलेखलका कारण रास्वपाको पक्षमा धेरै भोट नआएको विश्लेषण सुनाए ।सहकारी प्रकरणले हामीलाई जम्प गर्नलाई थोरै गाह्रो चाहिँ भएको हो ।