करका दर हेरफेर गर्दा जिम्मेवारी पाएको व्यक्ति नै जिम्मेवार हुनुपर्छ – नेता पौडेल


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख २४ २०८१
3.4K
SHARES

२४ वैशाख काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले करका दर हेरफेर निर्धारण गर्ने व्यक्तिले नैतिकतालाई आत्मसाथ गर्नुपर्ने बताएका छन् ।

सोमबार लोकान्तर सञ्चार प्रालिको आठौँ वार्षिकोत्सवमा आयोजना गरिएको आर्थिक बहसमा उनले लामो समय समस्याको वर्णन भएकाले अब काम गर्नुपर्ने बताए ।

करका दर हेरफेर गर्दा जिम्मेवारी पाएको व्यक्ति नै जिम्मेवार हुनुपर्छ,” उनले भने, “पब्लिक अडिट हुनुपर्छ है भन्ने कुरा हेक्कामा राख्नुपर्छ ।”

निजी क्षेत्रले पनि आत्मविश्वास बढाएर काम गर्नुपर्ने उनको भनाइ छ । अहिलेको सरकार नै स्थिर हुने भन्दै उनले निजी क्षेत्रलाई ढुक्क भएर काम गर्न पनि सुझाव दिए ।