कुनै समूहलाई सरप्राइज दिने गरी करका दरमा हेरफेर हुदैन – अर्थमन्त्री पुन


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख २६ २०८१
2.4K
SHARES

२६ वैशाख काठमाडौ । अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा कुनै एक व्यवसायिक समूहलाई सरप्राइज दिने गरी कुनै पनि करका दरमा हेरफेर नगर्ने बताएका छन्।मंगलवार नेपाल उद्योग परिसंघले आयोजना गरेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानअन्तर्गत मेक इन नेपाल समिट २०२४ मा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन्।

उनले सरकारले बजेटमा राजश्वको विषयमा श्रृंखलाबद्ध रुपमा छलफल गरी रहेको बताए। उनले राजश्व परामर्श समितिमा निजी क्षेत्रको प्रतिनिधित्व रहेकाले निजी क्षेत्रको मागलाई सकेसम्म सम्बोधन गर्ने बताए।

उनले आन्तरिक उत्पादनलाई प्रवद्र्धन गर्नलाई कच्चा पदार्थ र तयारी वस्तुको दुई तहको भन्सार दर फरक बनाउने कुरामा सकारात्मक रहेको बताए।

उनले विगतदेखि २० प्रतिशत महँगोमा पनि आन्तरिक (स्वदेशी)उत्पादन खरिदमा गर्नुपर्ने नीतिगत सुधार गर्ने बताए। अर्थमन्त्री पुनले स्वदेशी उत्पादनका सन्दर्भमा सरकारले आवश्यक वस्तुहरु खरिद गर्नुपर्ने माग सकारात्मक रहेको बताए। उनले सरकारले नीतिमार्फत आगामी बजेटमा के सकिन्छ सकारात्मक रुपमा समेट्ने प्रतिबद्धता जनाए।