सुनकोशी मरिन डाइभर्सनको सुरूङ ‘ब्रेक थ्रु’
२६ वैशाख काठमाडौं । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ बुधबार ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोजनाको सुरूङ ब्रेक थ्रु गरेका हुन् ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिन्धुली-सुनकोशी-मरिण डाइभर्सन सुरुङको ब्रेक थ्रू गरिएको छ । सिन्धुलीस्थित सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा रहेको डाइभर्सनमा प्रधानमन्त्री पुष्पकमल दाहालले स्विच थिचेर बाँकी रहेको केही सेन्टिमिटर सुरुङको ब्रेक थ्रू गरिएको हो ।
२०७९ असोजबाट सुरुङ खन्ने कामको सुरुवात भएको यो आयोजनाले सुनकोशीको पानीलाई मधेशश प्रदेशका पाँच जिल्ला धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा सिँचाई पुर्याउनु होतराईका धनुषा, महोत्तरी, सर्लाही र बारामा करिब एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाई सुविधा पुर्याउने उद्देश्य यो योजनाको रहेको छ ।