नबिल बैंकले मातातीर्थ औँसीमा ल्यायो प्रभावकारी सन्देशमूलक भिडियो


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख २६ २०८१
2.6K
SHARES

२६ वैशाख काठमाडौं । आज मातातीर्थ औँसीको अवसरमा नबिल बैंक लिमिटेडले सन्देशमूलक भिडियो बनाएको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई, आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ सो भिडियो नबिल बैंकले आफ्नो आधिकारिक सामाजिक सञ्जालहरूमार्फत सार्वजनिक गरेको छ ।

हरेक आमाहरूले परिवारको पहिचान बनाउन आफ्नो ‘करिअर’मा ब्रेक लगाउँछन् । परिवारको महत्त्वपूर्ण खम्बा भएर उभिन्छन् । अझ आफ्नो सन्तानका लागि आमाले आफ्नो सारा खुसी नै बन्धकी राख्छन् । उनीहरूले आफू ‘को हुँ’ भन्ने नै बिर्सन्छन् ।

विशेष गरी सहर र जागिरमा रहेका महिलाहरू आमा बनेपछिको अवस्थालाई यो भिडियोले औंल्याएको छ ।

आमा बन्ने क्रममा आफ्नो पहिचान नै बिर्सिएकी आमा, उनको व्यस्तता, बच्चा बच्ची र परिवारप्रतिको उनको दायित्व यो भिडियोमा देखाइएको छ । त्यस्तै आमालाई आफ्नो पहिचानमा फर्काउन तथा खुसी बनाउन सन्तान र परिवारले खल्ने भूमिका पनि भिडियोमा देखाइएको बैंकले जनाएको छ

बैंकका अनुसार जम्मा दुई मिनेट ४५ सेकेन्डको छोटो भिडियोले सहरको सानो परिवार अनि आमाले सन्तानको लालनपालनमा आफ्नो करियरलाई कसरी बिर्सिन्छिन् भन्ने यथार्थ चित्रण गर्न खोजिएको छ । यस भिडियोले देखाइएकोे आमाको दैनिकी अधिकांश नेपालीहरुको घरको कथासँग मेल खान्छ ।

बैंकले विभिन्न सन्दर्भमा समाजलाई सचेतना फैलाउने तथा सन्देश विस्तार गर्ने भिडियो बनाउँदै आएको छ । मातातीर्थ औँसीका अवसरमा बनाइएको भिडियोमा धेरै जनाले आफ्नो आमा (ममी) प्रति कृतज्ञता व्यक्त गर्दै भिडियोको प्रशंसा गरिरहेका छन् ।

बैंकले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सेयर गर्दै भनेको छ, “हरेकको पहिचान बनाउन साथ दिने आमालाई, आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्दै नबिल बैंकको तर्फबाट आमाको मुख हेर्ने दिनको शुभकामना”

https://www.facebook.com/share/v/cFWmHyEmL8f91hEf/?mibextid=w8EBqM