बैंकिङ प्रणालीबाट रु. ३५ अर्ब तान्दै राष्ट्र बैंक


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख २७ २०८१
2.5K
SHARES

२७ वैशाख काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज वैशाख २७ गते एकैपटक बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ खिच्ने भएको छ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो।

राष्ट्र बैंकले यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् यो ७ दिने निक्षेप संकलन उपकरणको जेठ ३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।