यस कारण भोलिलाई सर्‍यो सदन


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ ६ २०८१
3.8K
SHARES

६ जेठ काठमाडौं । प्रतिनिधिसभाको बैठक आज नबस्ने भएको छ । विशेष कारण देखाउँदै भोलि दिउँसो सवा १ बजेलाई बैठक सारिएको संसद सचिवालयले जनाएको छ । सहकारी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगिन नसक्दा आज बैठक नबसेको हो ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले रवि लामिछाने संलग्न गोरखा मिडिया ग्रुप र त्यसमा लगानी भएको रकम निकालिएका सहकारीको बारेमा संसदीय छानबिन आवश्यक भएको भन्दै त्यसबाहेक अरुमा सहमति हुन नसक्ने अडान लिएको छ ।

कानून मन्त्रालयमा दिनभर भएको कार्यदलको बैठकमा संसदीय छानबिन समितिको कार्यादेशमा यही विषय राख्नेमा कुरा नमिलेको हो । कांग्रेसले गृहमन्त्रीलाई मातहत निकायले अनुसन्धान र बयान गराउन नसक्ने भएकैले संसदीय छानबिन आवश्यक रहेको प्रष्ट पारेको छ ।सत्ता पक्ष भने सहकारीको नाम उल्लेख गरेपनि रविको नाम उल्लेख गरेर कार्यादेश नबन्ने अडानमा छन् ।