आगामी चुनावमा कांग्रेसले मूल्य चुकाउँछ – प्रधानमन्त्री प्रचण्ड
७ जेठ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आवश्यक परे १०–१२ पटक पनि विश्वासकाे मत लिइने बताएका छन् । साेमबार चाैथाे पटक संसदबाट विश्वासकाे मत पाएपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग बाेल्दै प्रचण्डले नेपालमा मात्र नभइ विश्वमा धेरै पटक विश्वासकाे मत लिइएका रेकर्ड रहेकाे बताए ।
उनले साेमबार विश्वासकाे मत परीक्षण गर्दा १५७ मत पाएका थिए । एक मत विपक्षमा परेकाे थियाे भने कांग्रेस लगायतका केही दलहरू मतदानमा सहभागी भएनन् ।
विश्वासकाे मत लिने क्रममा कांग्रेसले नाराबाजी र विराेध गरेपछि प्रचण्डले यसबाट कांग्रेसले ठूलाे मूल्य चुकाउनुपर्ने बताएका थिए । यसबारे सञ्चारकर्मीसँग उनले भने, ‘कांग्रेसले मूल्य चुकाउनुपर्छ भनेको आउने चुनावमा देखिन्छ ।’