गलत गर्नुभयो, मूल्य चर्को पर्नेछ – प्रधानमन्त्री प्रचण्ड
Capital Headline
प्रकाशित मिति :
सोमबार, जेष्ठ ७ २०८१
5.2K
SHARES
७ जेठ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद अवरुद्ध गरेर विश्वासको मत लिन अवरोध गरेकोप्रति नेपाली कांग्रेससँग असन्तुष्टि जनाएका छन्।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा दोस्रोपटक छलफलमा उठेको विषयमाथि जवाफ दिँदै प्रचण्डले कांग्रेसले असहयोग गरेकोमा गुनासो गरे। ‘तपाईँहरुले आज बहुत गलत गर्नुभयो,’ इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो। कांग्रेसका लागि मूल्य चर्को पर्नेछ। कांग्रेसका लागि कलंक रुपमा रहनेछ,’ प्रचण्डले भने।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट