तपाईँजस्तो अमेरिका भाग्दिनँ ,घडीबारे छानबिन गर्नुस् – नेता खतिवडा
७ जेठ नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेलाई घडीको बारेमा आफ्नो संलग्नता पुष्टि गर्न चुनौति दिएका छन्। सोमबार सामाजिक सञ्जालमा लेख्दै खतिवडाले आफू ‘नागरिकता छोडेर अमेरिका नभाग्ने’ भन्दै कटाक्ष पनि गरेका छन्।
उनले सहकारी ठगीबारे नेपाली कांग्रेसले छानबिन समिति बनाउन माग गरेको विषयमा जवाफ दिँदै उनले सो प्रशंग उठाएका थिए। जवाफमा खतिवडाले लामिछानेलाई लामिछानेको ‘अभिव्यक्ति विचलित मानसिकता’ भनेका छन्।उनले लेखेका छन्,‘तपाइँ मन्त्री हुनुहुन्छ, मेरो संलग्नता पुष्टि गर्नुहोस्, म सजाय भोग्न तयार छु। तपाइँं जस्तो नेपाली नागरिकता छाडेर म अमेरिका भाग्दिन।’