गगन थापा आन्दोलनको आइकन हो , हेक्का रहोस – नेतृ झाँक्री


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ ७ २०८१
6.2K
SHARES

७ जेठ काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको आरोपमा प्रतिक्रिया जनाएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेले महामन्त्री थापामाथि विभिन्न आरोप लगाएपछि झाँक्रीले आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्ने बताएकी हुन् ।

आइतबारको संसद्‌ बैठकमा लामिछानेले थापामाथि विभिन्न आरोप लगाएका थिए । उनले थापामाथि विदेशीललाई सूचना बेचेकोदेखि कृषि अनुदानको रकम हिनामिना गरेकोसहितका आरोप लगाएका थिए ।

यसबारे नेतृ झाँक्रीले थापा युवाहरूको राजनीतिक आइकन भएको बताउँदै उनीमाथि लगाइएका आरोपको प्रमाणको भार स्वयंले बोक्नुपर्ने बताएकी हुन् ।

“गगन थापा यो आन्दोलनको नेता हो । युवाहरूको राजनीतिक आइकन हो । आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो,” झाँक्रीले सोमबार सामाजिक सञ्जालमा लेखेकी छन्, “गगन थापामाथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्छ, हेक्का रहोस !