जुटेन सहमति : भोलि प्रचण्ड ,ओली र देउवा बस्ने


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ १२ २०८१
1.7K
SHARES

१२ जेठ काठमाडौँ । सहकारीको रकम अपचलनबारे छानबिन गर्न बन्ने संसदीय समितिको कार्यादेश (टीओआर)मा कार्यदलले जुटाएको सहमतिबारे छलफल गर्न भेला भएका नेताहरूको बैठक निष्कर्षविहीन भएको छ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकको छलफल सकारात्मक भए पनि आइतबार बिहान शीर्ष नेताहरू बसेर टुंगोमा पुगिने नेपाली कांग्रेसका सांसद जीपन परियारले जानकारी दिए।

‘भोलि ९ बजे नेपाली कांग्रेस सभापतिसहित शीर्ष नेताहरूको बैठक हुन्छ,’ परियारले भने। यसअघि सिंहदरबारमा बसेको कार्यदलको बैठकमा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी र उनी आबद्ध कम्पनी (गोरखा मिडिया) को नाम राखेर समिति बनाउनेरी छलफल भएको थियो।

बालुवाटारको शनिबारको बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित थिएनन्। उपसभापति पूर्णबहादुर खड्का, सांसद परियार, ज्ञानेन्द्र बहादुर कार्की लगायत बैठकमा थिए। भोलि बिहान ९ बजे सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बसेर छलफल हुने परियारले बताए।