नयाँ आन्दोलनको तयारीमा छौँ – प्रधानमन्त्री प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ १८ २०८१
5K
SHARES

१८ जेठ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र, वर्ग र जनताका निम्ति फेरि एउटा नयाँ आन्दोलनको तयारीमा रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा जनसांस्कृतिक महासंघ नेपालको राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै उनले क्रान्तिको बाटो सरल रेखामा नजाने बताए ।

उनले सरकारको तर्फबाट सुशासन, सामाजिक न्याय र समृद्धिको मात्रै कुरा नगरिएको बताए । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई गम्भीरताका साथ हेर्ने हो भने समाजवादको बिउ रोप्ने प्रयास गरि

“हामीले अहिले समाजवादी मोर्चा बनाउने कुरा वा वामपन्थी ध्रुवीकरणको निम्ति पहल गर्ने कुरा समाजवादको आधार तयार पार्ने कुरासँग नै सम्बन्धित छ । हामी कोही द्विविधामा बस्न हुँदैन । किनभने क्रान्तिको बाटो सरल रेखामा जाँदैन ।

रणनैतिकरूपमा कतातिर सोच्दै छौँ भन्नेबारेमा ध्यान दिनुपर्छ । राष्ट्रको निम्ति, वर्ग र जनताको निम्ति फेरि पनि एउटा नयाँ आन्दोलनको तयारीका रूपमा हामी अघि बढिरहेका छौँ,” उनले भने ।प्रधानमन्त्री प्रचण्डले सामन्तवादी संस्कृतिले खडा गरेको रूढीवाद, अन्धविश्वास, अन्धभक्तिलाई पाखा लगाएर समाजवादी संस्कृतिको जग बसाल्नुपर्नेमा जोड दिए ।