उपाध्यक्ष पद चाहिने पद होइन – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ १९ २०८१
7.1K
SHARES

१९ जेठ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवा संघमा नेतृत्वको लफडा नल्याउन निर्देशन दिएका छन् ।राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले नेतृत्व चयनमा अप्ठेरो परे पार्टीमा आउन निर्देशन दिए ।

उनले भने, ‘युवा संघमा नेतृत्वको लफडा सुन्न नपरोस्, सुन्नै नपरोस् । नेतृत्व र पदका लफडा । अप्ठेरो पर्‍यो भने पार्टीमा सोध्न आउनुस्, कसलाई बनाउने हामी भन्दिन्छौं । हामीले कामको मूल्यांकन गरेर बसेका छौं नभनेका मात्रै हौं । हामी धेरै भन्दैनौं, कसको कहाँ सच्याउनुपर्ने, तर अध्यक्ष एउटै हुने हो । उपाध्यक्ष ७ वटा चाहिने कुरा होइन, तैपनि पार्टीमा पनि छ उपाध्यक्ष, तर चाहिने कुरा होइन । मान्छेहरुको स्वार्थ बिसाउने ठाउँ चाहिने नि त चौतारो । त्यो स्वार्थ बिसाउने ठाउँमा मात्रै हो । प्रदेश-प्रदेशमा उपाध्यक्ष चाहिँदैन भन्छ । किन चाहिएको छ ? सकेसम्म सच्याउनुस् ।’