शैक्षिक क्षेत्रमा हुने राजनीतिकरण हटाएरै छाड्छु – मन्त्री श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : सोमबार, असार १८ २०८१
1.5K
SHARES

१७ असार काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताएकी छन् ।सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले आफू मन्त्री रहँदासम्म शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताएकी हुन् । उनले विश्वविद्यालयमा प्रहरी परिचालन गरेर भएपनि राजनीतिक दलका भातृ संगठनको हस्तक्षेपलाई अन्त्य गर्ने बताइन् । उनले त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगले खोलेको विज्ञापनमा अन्र्तवार्ता प्रहरी राखेर गर्नुपरेको बताइन् । ‘टियुमा सेवा आयोगले नयाँ विज्ञापन खोलेको थियो । त्यो विज्ञापन गर्न पाइदैनँ भनेर फेरी अर्को एउटा समुह उठेछ र तालाबन्दी गरेछ । धम्की दिएछ । प्रहरीहरु राखेर अन्तर्वार्ता गर्नुपर्ने । प्रहरीहरु राखेर गर्नुपर्ने काम छ । यसमा सबैले म म गर्नुपर्ला । त्यो भ्रातृ संगठनहरु कुन राजनीतिक दलको हो भनेर’, उनले भनिन्, ‘शिक्षामन्त्री गयो भने राजनीतिक हस्तक्षेप, प्रहरी गयो भने राजनीतिक हस्तक्षेप । गुण्डागर्दीहरुको राजनीतिक हस्तक्षेप हुँदैन ? त्यसकारण यो त्यतिबेलासम्म कायम हुन्छ जुन बेलासम्म दलिय राजनीतिक हस्तक्षेप अन्त्य हुँदैन । तर जबसम्म म शिक्षामन्त्री छु, बरु प्रहरी प्रयोग गर्छु । तर गुन्डागर्दी सहिन्न । र दलीय राजनीतिकरण हटाएरै छोड्ने हो । जसरी भएपनि छोड्ने हो ।’

मन्त्री श्रेष्ठले एसईई परिक्षाको नतिजामा शिक्षा मन्त्रालयमात्र नभई सिङ्गो समाज नै आक्रोशित हुनुपर्ने बताइन् । ले एसईईमा विद्यार्थी अनुत्तिर्ण भएका प्रतिशतले समाजको चित्रण गरेको बताइन् । उनले शिक्षा क्षेत्रको सुधारका लागि शिक्षक, अभिभावक, राजनीतिक व्यक्ति सबैले उत्तिकै ध्यान पुर्याउनुपर्ने बताइन् ।

‘एसईईको नतिजामा शिक्षा मन्त्रालयले मात्रै होइन सिङ्गो समाजले आक्रोशित हुनुपर्छ । ग्लानी महशुस गर्नुपर्छ । र सोध्नुपर्छ । म म गर्नुपर्छ । मैले गर्ने काम मैले के गरेको छ कि छैन भनेर । किनभने १० कक्षाको नतिजा अहिले मात्रै आएको हो ? दश वर्ष अगाडी त त्यो बच्चा १ कक्षामा थियो । त्यो भन्दा अगाडि ईसीडिमा थियो’, उनले भनिन्, ‘त्यो बेलादेखि हामीले गरेको लगानी, हामीले कत्तिको यसमा एफोर्ट लगाएका छौँ भन्ने । यो विद्यार्थीहरु फेल भएको भन्दापनि यो हाम्रो चित्रण हो भनेर मलाई लाग्छ ।’

उनले अर्को वर्ष गर्नुपर्ने सुधारका कामहरु के–के हुन् ? भन्ने विषयमा ध्यान दिनुपर्ने बताइन् । कार्यविधिहरु छन् । त्यसको कार्यान्वयमा हामी हरेक तहबाट के गर्न सक्छौँ ? सरकारलाई कुरेर मात्रै हुँदैन । सबै जनाको दायित्व हो । स्कुलमा फोन गरेर हुन्छ, निर्वाचन क्षेत्रको अनुगमन गरेर हुन्छ, त्यसमा शिक्षकहरुलाई कक्षकोठामै राख्नुप¥यो । संरचनागत सुधारका काम गर्नुपर्छ । शिक्षामा सदैव गुणस्तरका लागि खबरदारी गर्नुपर्छ’, मन्त्री श्रेष्ठले भनिन् ।मन्त्री श्रेष्ठले तालाबन्दी गरेर विद्यार्थीहरुको पढ्ने अधिकार खोस्ने प्राध्यापकलाई कारबाही गरिने बताइन् ।