अहिले कर्जा लगानीमा निराशाजनक


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन १ २०८१
1.5K
SHARES

१ साउन काठमाडौं ।चालु आर्थिक वर्षको ११ महिनामा निजी क्षेत्रतर्फ बैंकहरूको कर्जा लगानी निराशाजनक छ । जेठ मसान्तसम्म निक्षेप संकलन ९ प्रतिशत अर्थात् ५ खर्ब १४ अर्ब ५७ करोड रुपैयाँले बढ्दा कर्जा लगानी जम्मा ५.१ प्रतिशत (२ खर्ब ४६ अर्ब ८० करोड रुपैयाँ) ले मात्र बढेको छ ।

केन्द्रीय बैंकका अनुसार जेठ मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक र अन्य वित्त कम्पनीहरूले कुल ६२ खर्ब ६० अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गर्दै ५१ खर्ब ३४ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।

अघिल्लो वर्ष ८.८ प्रतिशतले निक्षेप वृद्धि गर्दै कुल ५५ खर्ब ६८ अर्ब ६० करोड रुपैयाँ निक्षेप सङ्कलन गरेका बैंकहरूले ४८ खर्ब ५८ अर्ब ८ करोड रुपैयाँ लगानी गरेका थिए ।