धनै ठूलो हो की मनै ठूलो होला ? गीतको भिडियो सार्वजनिक


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन १६ २०८१
2.9K
SHARES

१६ साउन काठमाडौं । ‘धनै ठूलो हो की मनै ठूलो होला’ भन्ने तिज गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका संगम लामिछाने र गायक खेम सेन्चुरीको स्वर छ ।

उक्त गीत विक्रमबाबु विश्वकर्माले लेखेका हुन् । संगीत नन्दु परियारको छ । गीतको भिडियोमा लामेस शर्मा, लोसिना लामिछाने, सरोज प्रजा, विजय पुन लगायतको अभिनय छ ।  उक्त भिडियो संगम लामिछानेको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।