सीटीईभीटीभित्र राेग छ – शिक्षामन्त्री भट्टराई


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन १७ २०८१
2.8K
SHARES

१७ साउन काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)काे पुनर्संरचना प्रक्रिया तत्काल अघि बढाइने बताएकी छन् ।बिहीबार शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री भट्टराईले सीटीईभीटीमा देखिएका समस्या हटाउन पुनर्संरचना आवश्यक रहेकी बताएकी हुन् ।

बैठकमा चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन गर्ने कलेजहरूले लामाे समयसम्म पनि सम्बन्धन स्वीकृति नपाएको सन्दर्भमा छलफल भएको थियाे ।सम्बन्धनमा ढिलाइबारे मन्त्री भट्टराईले भनिन्, “सीटीईभीटीभित्र राेग छ, पुनर्संरचना गर्नु आवश्यक छ ।”

पुनर्संरचनाको प्रकिया तत्काल अघि बढाइने उनकाे भनाइ छ । उनले सम्बन्धन स्वीकृतिको समस्या सम्बोधन हुने गरी र पाठ्यक्रम परिमार्जन तथा गुनासाे सुनुवाइ हुने गरी पुनर्संरचना प्रक्रिया अघि बढाउने बताइन् ।