भेरीमा जलसतह सतर्कता तह पार


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २३ २०८१
2.4K
SHARES

२३ साउन काठमाडौं । सुर्खेतस्थित भेरी नदीमा जलसतहले सतर्कता तह पार गरेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार मध्याह्न १२ बजे सतर्कता तह पार गरेको हो ।

विभागले भनेको छ, “सुर्खेतस्थित भेरी नदी समजीघाट जल मापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो छ ।”नदीको तटीय क्षेत्रमा रहनेले दिउँसो ४ बजेसम्म उच्च सतर्कता अनुरोध गरिएको छ ।