शिवपुरीमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २३ २०८१
8.7K
SHARES

२३ साउन काठमाडौ । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटन भएको छ। दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । कतिपयले जहाजमा पहाडमा ठोक्किएको भनेका छन् । तर भौगोलिक अवस्था हेर्दा त्यस्तो होइन ।  कुहिरोका कारण जहाज तलबाट आएर दुर्घटना भएकोजस्तो हुनसक्छ’, उनले भने।

उनका अनुसार जहाज गुर्जे भन्ज्याङबाट सूर्यचौर नपुग्दैको जंगलमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा सबार सबै ५ जनाको शव फेला परेको उनले घटनास्थलबाट जानकारी दिए ।

एयर डाइनेस्टीको हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको थियो । नागरिक उड्डयन प्राधिकरणले बुधबार एक विज्ञप्ति जारी गर्दै काठमाडौँ विमानस्थलबाट दिउँसो १ः५४ मा उक्त हेलिकप्टर उडेको जानकारी दिएको छ ।