उच्च शिक्षा अध्ययनका लागि नेपालबाट बाहिरियो १ खर्ब २५ अर्ब रुपैयाँ
Capital Headline
प्रकाशित मिति :
आइतबार, भाद्र २ २०८१
2.9K
SHARES
२ भदौ काठमाडौं । नेपाली विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न विदेश जाँदा १ खर्ब २५ अर्ब रुपैयाँ खर्च भएको छ। वर्षमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ३१.१ प्रतिशतले वृद्धि भई १ खर्ब ८९ अर्ब ४३ करोड पुगेकोमा शिक्षातर्फको व्यय १ खर्ब २५ अर्ब १३ करोड बाहिरिएको हो।
अघिल्लो वर्ष भ्रमण व्यय १ खर्ब ४४ अर्ब ५२ करोड रहेकोमा शिक्षातर्फको व्यय १ खर्ब ४२ करोड रहेको थियो। आर्थिक वर्ष २०८०/८१ मा खुद सेवा आय ५५ अर्ब ८६ करोडले घाटामा रहेको छ। अघिल्लो वर्ष खुद सेवा आय ७९ अर्ब ८९ करोडले घाटामा रहेको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट