टेस्ला शोरुममा आगलागी


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र २१ २०८१
2.5K
SHARES

२१ भदौ काठमाडौँ । काठमाडौँको नक्सालस्थित टेस्ला शोरूममा भएको आगलागी निभाइएको छ । शोरुममा शुक्रबार लागेको अगालागी दमकलको सहायतामा निभाएको प्रहरी बृत्त मालिगाउँका डीएसपी इन्द्र सुवेदीले  जानकारी दिए ।

आगलागीबाट भवनको पहिलो र दोस्रो तलामा क्षति पुगेपनि गाडीमा भने क्षति हुन नपाएको प्रहरीले जनाएको छ । आगलागीबारे प्रहरीले अनुसन्धान जारी राखेको बताएको छ ।