मालवाहक ट्रक त्रिशूलीमा खस्यो
Capital Headline
प्रकाशित मिति :
आइतबार, भाद्र ३० २०८१
2.4K
SHARES
३० भदौ हेटौँडा । चितवनमा मालवाहक ट्रक दुर्घटनामा परेको छ ।भरतपुर महानगरपालिका–१९ स्थित सिमलताल क्षेत्रमा रहेको किलो भन्ने ठाउँबाट ट्रक त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
खाने तेल बोकेर सिमराबाट काठमाडौँ जाँदै गरेको ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए ।
अहिले प्रहरी घटनास्थल पुगेको र उद्धारको काम भइरहेको प्रहरीको भनाई छ । घटनामा मानवीय क्षतिबारे प्रहरीले खोजी गरिरहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट