नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र ३१ २०८१
2.3K
SHARES

३१ भदौ चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलोमा दुईतर्फी सडक सञ्चालनमा आएको छ । आइतबार राति करिब ७ः२० बजे इच्छाकामना गाउँपालिका–६, नौ किलोमा सडक चिरा परी छेउमा लगाएको जालीको भाग भाँसिएको थियो ।

सडकको करिब पाँच मिटर भाग चिरा परेर एक फिट तल सरेको थियो । रातिदेखि एकतर्फी सञ्चालन हुँदै आएकोमा मर्मतपछि आज बिहान १०ः४० बजेपछि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।