धनतेरसको दिन आज सुनको असर्फी बेच्दै राष्ट्र बैंक


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक १३ २०८१
2K
SHARES

१३ कात्तिक काठमाडौं । नेपाल राष्ट्र बैंकले धनतेरसको दिन आज सुनको असर्फी बिक्री गर्दैछ । राष्ट्र बैंकको टक्सार महाशाखाले आगामी मंगलबार आज एक दिनका लागि २.५ ग्राम तौलका सुनका सिक्का बिक्री गर्ने भएको हो।आज बिहान ११ देखि दिउँसो ४ बजेसम्म सिक्का बिक्री गरिनेछ भने एउटा व्यक्तिलाई एक थानका दरले पहिले आउनेलाई प्राथमिकता दिई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ। सुनको सिक्काको मूल्य भने आजको बजार मूल्यका आधारमा निर्धारण हुने राष्ट्र बैंकले बताएको छ।

त्यस्तै, १० तथा २५ ग्रामको चाँदीको सिक्का भने कात्तिक ११ देखि १४ सम्म सोही समय बिक्री हुनेछ। मूल्य राष्ट्र बैंकले चाँदी सिक्काको मूल्य तौल र डिजाइनअनुसार २२०० देखि ८५७५ रुपैयाँसम्म तोकेको छ।

सुन तथा चाँदीको सिक्का, मेडालियन तथा असर्फी किन्न क्युआर कोडमार्फत भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ। तिहार सुरु हुनुभन्दा अघिल्लो दिनलाई धनतेरस भनिन्छ। धनतेरसका दिन धातुका सामान किन्नु शुभ मानिने धार्मिक मान्यता छ।