हिमालयन क्यापिटलद्वारा लगानीकर्ता शिक्षा तथा जनचेतना कार्यक्रम सम्पन्न
१३ कात्तिक काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्यूठान नगरपालिका बिजुवार र माण्डवी गाउँपालिका,प्यूठानमा कात्तिक ९ गते, शुक्रबार लगानीकर्ता शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।
हिमालयन क्यापिटल लिमिटेडका तर्फाबाट प्रमुख संचालन अधिकृत,राम प्रसाद भट्टराईले सहभागीहरुलाई लगानी गर्नुको आवश्यकता, लगानीका साधनहरु, पूँजी बजार, हितग्राही खाताको आवश्यकता, धितोपत्रको प्राथमिक निष्कासनको प्रक्रिया, धितोपत्रको दोश्रो बजारको प्रकृति, र सामूहिक लगानी कोष सम्बन्धि जानकारी प्रदान गर्दै छलफल गरिएको थियो साथै पूँजी बजारको निरन्तर बिकासको निम्ति भावी पुस्तालाई पूँजी बजार र यसको प्रकृतिको सम्बन्धमा जानकारी दिएका थिए ।