लाखौं पैसा र आधा समय मुद्दामामिलामा गयो – ट्रम्प


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक १६ २०८१
2.4K
SHARES

१६ कार्तिक काठमाडौं । अमेरिकी राष्ट्रपतिका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियानको आधा समय र लाखौं रकम मुद्दामामिलामा गएको बताएका छन् ।चुनाव आउन पाँच दिन अगाडि अमेरिकी पत्रकार टकर कार्ल्सनसँग एक विशाल सभामा प्रश्नोत्तरमा भाग लिँदै ट्रम्पले यस्तो बताएका हुन् ।

राजनीतिक विपक्षीलाइ पेल्ने, मुद्दा लाउने काम अमेरिकामा नसुहाउने भन्दै ट्रम्पले भने, ‘यो बनाना गणतन्त्र र थर्ड वर्ल्डमा मात्र हुन्छ ।’

ट्रम्पले कार्ल्सनसँग लामो कुरा गर्दै आफू राष्ट्रपति भए ग्यास र तेललाई मान्यता दिने विद्युतलाई कम दिने बताए । उनले भने, ‘ चीनसँग ग्यास र तेल नभएकोले विद्युतको कुरा गर्ने हो । अमेरिकासँग ग्यास र तेल छ । हामीले विद्युतमा लागे त्यो चीनलाई फाइदा हुन्छ ।’