प्रधानमन्त्रीद्वारा एलन मस्कसँग भिडिओ संवाद


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर ७ २०८१
3.1K
SHARES

७ मंसिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टेस्ला कम्पनीका मालिक एवम् विश्वकै धनाढ्य व्यक्ति एलन मस्कसँग भिडिओ संवाद गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफूले एलनसँग कुरा गर्दै गरेको सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । मस्कले आफ्नो इन्टरनेट सेवाप्रदायक कम्पनी स्टारलिंककाे सेवा नेपालमा बिस्तार गर्न खोजेको विषयमा प्रधानमन्त्रीसँग कुराकानी गरेको बताइएको छ ।